पूर्वराष्ट्रपति भण्डारीलाई ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मान

काठमाडौं– नेकपा एमालेले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको हिरक जयन्ती महोत्सवमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गरेको छ । ललितपुरको गोदावरीमा आज सोमबार भएको नेकपा स्थापनाको हीरक महोत्सवको विशेष कार्यक्रममा  पूर्वराष्ट्रपति भण्डारीलाई उक्त सम्मान दिइएको हो।

पूर्वराष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओलीले उक्त सम्मान अर्पण गर्नु भएको हो।

हिजो आइतबार समापन भएको एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठकले भण्डारीलाई  राष्ट्रिय गौरव पदकबाट सम्मान गर्ने निर्णय गरेको थियो ।

पूर्वराष्ट्रपति भण्डारीले लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा पुर्‍याएको योगदान राष्ट्रिय स्वाभिमानको रक्षाका लागि अडान लिएका व्यक्तिहरूलाई सम्मान गर्ने घोषित योजनाअनुसार पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गरेको एमालेले जनाएको छ ।