काठमाण्डाै – बागमती प्रदेश सरकारले वैशाख २४ गतेबाट प्रदेशभरको सरकारी कार्यालयमा कामकाजको लागि तामाङ र नेपाल भाषाको औपचारिक प्रयोगको सुरुवात गर्ने भएको छ ।प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदाको घोषणा गर्दै उक्त दिनबाट प्रदेशभरको सरकारी कार्यालयबाट कामकाजको लागि तामाङ तथा नेपाल भाषाको औपचारिक शुभारम्भ गर्नेछ ।
सरकारी कामकाजको भाषाको रूपमा कार्यान्वयन गर्ने औपचारिक घोषणाको तयारी थालिएको छ।
काठमाडौंको वसन्तपुरमा भव्य कार्यक्रमको आयोजनाबिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैशाख २४ गते बिहान ९ बजे प्रदेशभर कामकाजी भाषाको रूपमा तामाङ र नेपाल भाषाको शुभारम्भ गर्ने कार्यक्रम छ। कार्यक्रमको लागि बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यकों संयोजकत्वमा ३० सय ३ सदस्यीय विशेष समारोह समिति निर्माण गरिएको छ ।
समारोह समितिमा तामाङ भाषिक समुदायका तर्फबाट नेपाल तामाङ घेदुङका साथै अन्य तामाङ संघ संस्थाहरू र नेपाल भाषाको समुदायको तर्फबाट नेवा: देय् दवुका सदस्य रहेका छन्।
सरकारको निर्णय अनुसार वैशाख २४ गतेका दिन नै प्रदेश सरकारका सबै मन्त्रालयको साइनबोर्ड नेपाली भाषा (देवनागरी), तामाङ भाषा (तामयिक) र नेपाल भाषा (रन्जना) मा लेखिएका राखिने मन्त्री बज्राचार्यले बताउनु भयो ।
प्रदेश सरकारले भाषा ऐन पारित गरेर राजपत्रमा प्रकाशन गरेपछि २४ गतेबाट ऐनको कार्यान्वयन हुने भएको कारण सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्री बज्राचार्यले बताउनु भयो।
