कैलाश शिरोहियालाई पक्राउ गर्न प्रहरी टोली कान्तिपुरको कार्यालयमा

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गर्न प्रहरीको टोली कान्तिपुरको कार्यालयमा पुगेको छ ।

धनुषा प्रहरी कार्यालयले जारी गरेको पक्राउ पुर्जी जारी गरेको आधारमा उनलाई पक्राउ गर्न अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराई नेतृत्वमा प्रहरी कान्तिपुर कार्यालय थापाथली पुगेको हो ।

सेन्ट्रल बिजनेस पार्कको आठौं तलास्थित सिरोहियाको कार्यकक्ष बाहिर सादा पोशाकका प्रहरी खटिएका छन् । बर्दीधारी प्रहरी चाहिँ भुइँतलामा छन् ।

सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरकफरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो ।