२०२४ को कोपा अमेरिका फुटबल भोलि बाट ,पहिलो खेलमा अर्जेन्टिना र क्यानडा खेल्दै

काठमाडौं। दक्षिण अमेरिकी देशको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिका भोलि बिहानदेखि शुरु हुँदै छ।

अमेरिकामा आयोजना हुने कोपा अमेरिकामा यस पटक १६ देशले भाग लिँदै छन्। जसमा अर्जेन्टिना, ब्राजिल, बोलिभिया, चिली, कोलम्बिया, इक्वेडर, पराग्वे, पेरु, उरुग्वे, भेनेजुएला, जमैका, मेक्सिको, पानामा. अमेरिका, क्यानडा र कोस्टा रिका रहेका छन्।

कोपा अमेरिकाको ४८औं संस्करणको उद्घाटन खेलमा अर्जेन्टिना र क्यानडा खेल्दै छन्। यो खेल नेपाली समय अनुसार बिहान ५: ४५ बजेदेखि हुँदै छ।

१६ देशलाई चार समुहमा विभाजन गरिएको छ। जसमा समूह ए मा अर्जेन्टिना, पेरु, चिली र क्यानडा रहेका छन् भने समूह बी मा मेक्सिको, इक्वेडर, भेनेजुएला र जमैका रहेका छन्।

त्यस्तै समूह सी मा अमेरिका, उरुग्वे, पानामा र बोलिभिया रहेका छन् भने समूह डी मा ब्राजिल कोलम्बिया, पराग्वे र कोस्टारिका रहेका छन्।

समूह चरणको खेलपछि हरेक समूहका शिर्ष दुई देश क्वाटरफाइनलमा पुग्ने छन्। प्रतियोगिताको फाइनल खेल फ्लोरिडाको मियामी गार्डेनमा रहेको हार्ड रक स्टेडियममा जुलाई १४ मा हुने छ।