जुलियन अल्भारेज र लाउटारो मार्टिनेजको गोलसँगै अर्जेन्टिनाले कोपा अमेरिकामा विजयी सुरुआत गरेको छ। मर्सिडीज बेन्ज स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले क्यानडालाई २-० गोलअन्तरले पराजित गरेको हो।
अर्जेन्टिनाको जितमा खेलको ४९ औँ मिनेटमा जुलियन अल्भारेजले पहिलो गोल गरे भने ८८ औँ मिनेटमा लाउटारो मार्टिनेजले अर्को गोल थपे ।खेलको पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो।
यही समूहमा चिली र पेरु भोलि खेल्दैछन् । यो खेल एटी एण्ड टी स्टेडियममा नेपाली समयअनुसार बिहान पौने ६ बजे शुरु हुनेछ । आजदेखि शुरु भएको ४८ औँ संस्करणको प्रतियोगिता आउँदो जुलाई १५ तारिखसम्म चल्नेछ ।
प्रतियोगितामा पहिलो पटक १६ वटा देश सहभागी हुँदैछन् जसमा दक्षिण अमेरिकाबाट १० तथा उत्तर र मध्य अमेरिकी क्षेत्रबाट ६ देशले प्रतिस्पर्धा गर्दैछन् । यसअघि यो प्रतियोगितामा १२ वटा देश सहभागी हुँदै आएका थिए ।
