विश्व संगीत दिवसको अवसरमा आहा म्यूजिकल फेमिलीको सांगीतिक कार्यक्रम

ललितपुर – विश्व संगीत दिवसको अवसरमा स्टारमेकर एपमार्फत खोलिएको आहा म्यूजिकल फेमिलीले सांगीतिक कार्यक्रम गरेको छ। सांगीतिक कार्यक्रम ललितपुरको सातदोबाटोस्थित सेभेन पोइन्ट क्याफेमा गरिएको हो।

कार्यक्रममा फेमिलीका क्याप्टेन गायक रबिन्द्र श्रेष्ठले संगीत विषयमा आफ्नो धारणा राख्दै गीत प्रस्तुत गर्नु भएको थियो। त्यस्तै कार्यक्रममा सह क्याप्टेन  शत्रुघन श्रेष्ठले गीत प्रस्तुत गर्नु भएको थियो ।

करीव दुई दशक भन्दा धेरै समय सांगीतिक क्षेत्रमा बिताउनु भएका सुलिन गौरव फेमिलीमा आवद्ध भएर सह क्याप्टेनको रुपमा हुनु हुन्छ । उहाँले कार्यक्रममा गीत प्रस्तुत गर्दा दर्शकहरुले नाच्दै तालीको वर्षा गरेको थिए । उहाँले वरिष्ठ गीतकार बुद्धवीर लामा,  डा.भोला रिजाल, वरिष्ठ संगीतकार राजु सिंह, बसन्त मुकारुङ्ग लगायतको रचना र संगीतमा गीत गाउनु भएको थियो।

विश्व संगीत दिवसको अवसरमा फेमिलीका क्याप्टेन रबिन्द्र श्रेष्ठले कार्यक्रममा भाग लिएका नव गायक गायिकाहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो । गुराँस भट्टराईले संचालन गर्नु भएको थियो ।