काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। आज बिहान बसेकाे बोर्ड बैठककाे निर्णयबाट नतिजा सार्वजनिक गरिएकाे हाे। बाेर्डका अनुसार परीक्षामा नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेड) भएका छन्।
४७.०९ प्रतिशत विद्यार्थी ननग्रेडे (एनजी-अनुत्तीर्ण) भएका छन्। नियमिततर्फ परीक्षा ३ लाख ९० हजार ८६८ विद्यार्थीमध्ये दुई लाख तीन हजार ८४७ विद्यार्थी उत्तीर्ण भएका छन्।
यसैगरी ग्रेड वृद्धितर्फ २०७८/७९ का २८.२६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। २०७६/०७७ का ६२.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक ल्याउनै पर्ने हुन्छ। कक्षा १२ मा २०७८ देखि नै उक्त निर्देशिकाअनुसार नतिजा सार्वजनिक हुँदै आएको छ।
