नौ हजार धरौटीमा रिहा प्रधानमन्त्रीविरूद्ध नाराबाजी गर्नेहरु

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका तीन युवा धरौटी बुझाएर रिहा भएका छन् ।

पक्राउ परेकामध्ये दीपक र रामबहादुरले साथीहरूसँग सापट मागेर धरौटी बुझाएका हुन् । दीपक कीर्तिपुरको सहिद स्मारक कलेजका स्नातक प्रथम वर्षका विद्यार्थी हुन् । रामबहादुर वैदेशिक रोजगारीको तयारीमा छन् । आफूहरू कुनै पनि दलमा आबद्ध नभएको उनीहरूले बताए । गौरापर्वको भिडियो खिचेर हालेकै आधारमा आफूलाई प्रहरीले पक्राउ गरेर थुनामा राखेको उनीहरूको दुःखेसो छ ।