नेपालभाषाका चर्चित कलाकार आर्यम नकर्मीले रेष्टुराँ ब्यवसाय सुरु गरेका छन् । यःमरि हाउस भनी नामांकरण गरी अनामनगर पुल नजिकै खोलिएको यस रेष्टुराँको उद्घाटन ख्यालिजुजु (हास्य सम्राट) मदनकृष्ण श्रेष्ठले गर्नुभएको छ । शनिबार भएको उक्त उद्घाटनमा अर्का हाँस्य कलाकार राजाराम पौडेलले उक्त रेष्टुराँको मेनु सार्वजनिक गर्नुभएको हो ।
कार्यक्रममा ‘लाखे आजु’ फिल्मका निर्माता तथा चर्चित फिल्म ब्यवसायी गोपाल काजी कायस्थ, चर्चित कलाकार नगिना जोशी, साहित्यकार मीना बज्राचार्य, संगीतकार जुगल डंगोल, गायिका केन्जुमा सुब्बा लगायत धेरै कलाकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा ख्यालिजुजु श्रेष्ठले एउटा कलाकारले यसरी खानेकुराको ब्यवसायमा अगाडि बढ्नुलाई एउटा प्रशंसनीय कुरा हो भन्नु भई यस ब्यवसायले एक कलाकारको कदम कला क्षेत्रमा अगाडि बढाईरहन टेवा पुगोस भनी कामना गर्नुभयो ।
