अमेरिकाको वासिंगतन डिसी महानगर क्षेत्रमा यःमरि पुन्हि मनाईने

नेवा: समुदायले मनाउने यःमरि पुन्हि अर्थात् योमरी पूर्णिमा यस वर्ष अमेरिकाको डिसी महानगर क्षेत्रमा उल्लासका साथ मनाईदैछ। ल्याय्म्हा अमेरिका गुठी र नेवा:अर्गनाइजेसन अफ अमेरिकाले क्रमस डिसेम्बर १४ र १५ मा दिन कार्यक्रम हुने भएको छ।

डिसेम्बर १४ मा साँझ ४:३० बजे देखि ८:३० बजे सम्म कार्यक्रम हुने छ भने उक्त दिन प्रत्यक्ष रुपमा योमरी बनाइ प्रदर्शन गरिने छ भने १५ मा पनि नेवा:अर्गनाइजेसन अफ अमेरिकाले योमरी कसरी बनाउने तरिका सिकाउने कार्यक्रम हुने छ।

चामलको पिठोबाट बनेको परिकार योमरी हो । जसमा चाकु र खुवा भित्र हालेर अण्डाकार रुपमा डल्लो बनाइएको हुन्छ ।

नयाँ बालिका रूपमा भित्र्याइएको नयाँ धानको चामल पिसेर त्यसबाट बनाइएको एक किसिमको परिकार योमरी बनाएर नेवार समुदायले योमरी पुन्ही मनाउँछन् । अण्डाकार रूपमा बनाइएको पीठोको रोटीभित्र चाकु र तिलको मिश्रणले तयार पारिएको खुवा हालेर योमरी बनाइन्छ । पछिल्लो समय अमेरिकामा योमरीको आर्कषण बढ्दै गएको छ ।

के हो योमरी ?

नेवारी भाषामा ‘यो’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाइ हो । सबैलाई मनपर्ने भएकाले नै यसको नाम योमरी राखिएको संस्कृतिविदहरु बताउँछन् ।

योमरीलाई कुवेर र गणेशका प्रतीकका रुपमा समेत लिइन्छ । योमरी पुन्हीका दिन गृहणीले शुद्ध भएर चामलको पिठो, चाकु, तील, मासु, गुँदपाक, खुवा राखी योमरी बनाउने चलन रहेको छ ।