वल्फग्यांग कोर्नको ५० वर्ष अघिको नेपाल सम्वन्धि पुस्तक सार्वजनिक हुँदै

जर्मन आर्किटेक्ट वल्फग्यांग कोर्नले ५० वर्ष अघि आफ्नो नेपाल बसाई र भोगाई सम्बन्धि आत्मवृतान्त पुस्तक तयार परेका छन् । ‘गाइडेड बाइ गड्स, लस्ट इन लाइन्स’ नामक दिइएको उक्त पुस्तक ‘बाखं न्यने वा’ ले शनिबार काठमाडौंको येत्खा बहालमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गर्न लागेको छ ।

नेपालको जीवन्त संस्कृति, समाजको अवस्था, उच्च ओहदा देखि तल्लो बर्गका नागरिक देखि नेपाली कला र सभ्यताको लेखकमा परेको गहिरो छाप पुस्तकमा समेटिएको आयोजक संस्थाले जनाएको छ ।

पुस्तकमा लेखक कोर्नले सन् १९६८ देखि १९७७ सम्म देखेको नेपाली जीवन पुस्तकका रुपमा उतारिएको छ ।

आर्किटेक्ट जर्मन नागरिक कोर्न लेखकका रुपमा नेपालमा प्रसिद्ध छन् ।

नेपाली वास्तुकला र सम्पदाको अध्ययन अनुसन्धानमा कोर्नको योगदान उल्लेखनीय मानिन्छ ।

यस अघि कोर्नका ‘द ट्रेडिसनल नेवार आर्किटेक्चर अफ दि काठमाण्डु भ्याली’, ‘द स्तुपाज एन्ड द चैत्यज’, ‘द शिखर्ज’ लगायतका पुस्तकहरु सार्वजनिक भइसकेका छन् ।