अमेरिकाका मेरिल्यान्डमा कर्मभूमि बनाउदै आउनु भएका रञ्जितको ‘रेजिस्ट्यान्स अफ खोना (खोकना) दी स्ट्रगल अगेन्स्ट ल्यान्ड इनक्रोचमेन्ट’ पुस्तक शुक्रबार विमोचन गरिएको छ । पाटन सङ्ग्रहालयमा आयोजना गरिएको कार्यक्रममा ललितपुर महानगरपलिकाका मेयर चिरीबाबु महर्जनले सो पुस्तकको लोकार्पण गर्नुभएको थियो।
पाँच वर्ष खोकनाको अध्ययन गरी पुस्तक तयार पारिएको जानकारी दिनुभयो उक्त कार्यक्रममा लेखक दिनु भयो। पुस्तकको लोकार्पण पछि ललितपुर महानगरपलिकाका मेयर चिरीबाबु महर्जनले सम्पदाप्रेमीहरूका लागि यो पुस्तक अमूल्य दस्ताबेज रहेको र खोनासहित बुंग र सुनाकोठीलाई सांस्कृतिक नगर घोषणा गर्न प्रस्ताव गरिसकेको जानकारी दिनुभयो ।
पुस्तकमा खोनाको सांस्कृतिक पक्षलाई मात्र नभई ‘दमन’ र ‘हाखः’ जस्ता सामुदायिक आन्दोलन र असार २० धान रोपाइँ प्रतीकात्मक विरोध जस्ता विरोध प्रदर्शनका घटनालाई पनि उजागर गर्ने प्रयास गरिएको छ । विमोचन गरिएको पुस्तक नेपाली, नेपाल भाषा र अङ्ग्रेजी गरी तीन भाषामा लेखिएको छ ।
सो कार्यक्रममा वल्र्ड नेवाः अर्गनाइजेसन नेपाल च्याप्टरका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले नेपालमा आदिवासी समुदायले भोगेका व्यापक समस्याबारे जनचेतना जगाउने प्रयास यस पुस्तकमार्फत गरिएको भनाइ राख्नुभयो ।
