अन्नपूर्ण क्लब (आर.सी.टी.) को ९३ औं वार्षिक उत्सवको अवसर पारेर कमलाक्षी चोक स्थित कमलाक्षीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
हरेक वार्षिकोत्सवमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केहि न केहि सामाजिक कार्य गर्ने परम्परा अनुरुप यस वर्ष आयोजना गरिएको रक्तदान कार्यक्रममा कूल २२ जना स्थानियले रक्तदान गरेका थिए ।
“रक्तदान गरि मानवीय जीवन रक्षा गर्ने कार्यमा सहभागी बनौं ” नारा सहित शनिबार बिहान ९ बजे देखि १२ बजे सम्म रक्तदान संचालन गरेको थियो ।
९३ औं वार्षिकोत्सवको अवसरमा अन्नपूर्ण क्लबका अध्यक्ष राजेश श्रेष्ठले रगतको पकेट हस्तान्तरण गरेर रक्तदान सुरुवात गरेको थियो।
