कोटेश्वर–तिनकुने सडक दुर्घट्नामा एक जना युवतीको निधन

काठमाडौं । काठमाडौंको कोटेश्वर–तीनकुने खण्डको मुनिभैरव मन्दिर नजिक भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । आज विहिवार विहान साढे ६ बजे भएको उक्त दुर्घटनमा परी नुवाकोट घर भई ललितपुर बस्ने २३ वर्षीया नागिना तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अनुसार बा३ख ७०६२ नम्बर बसले रोकिराखेका बा प्र ०१–०२६ च २९२७ नम्बरको भ्यान र बा.प्र.०२–०५३ प ३८२७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो । उक्त मोटरसाईलमा पछाडि बसेकी तामाङको मृत्यु भएको हो ।

उनको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले बताए । सो दुर्घट्नामा परी ३ जना घाइते भएका छन । घाईते हुनेहरुमा मोटरसाइकल चालक २७ वर्षीय पदम थापामगर, भ्यानका चालक शान्तिनगरका रत्न सार्की र बसकी यात्र काँडाघारीकी २० वर्षीया मेनुका बुढाथोकी रहेको छ ।

सडकमा रातो बत्ती बलेको बेला रोकिएको भ्यान र मोटरसाइकललाई पछाडिबाट बसले ठक्कर दिंदा दुर्घटना भएको हो । बसका चालक इलामको सूर्योदय नगरपालिका–५ का ५९ वर्षीय रामकुमार खड्कालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।