काठमाडौंको नयाँ बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको ज्यान गएको छ । कारको ठक्करबाट ३ वर्षीय बालक शिवांश झाको ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताउनु भयो।
बागमती प्रदेश–०१–०३१ च ९५६३ नम्बरको कारले नयाँ बानेश्वरको कात्यानी चोकमा बालकलाई ठक्कर दिएको थियो ।
कात्यानीबाट भीमसेनागोलातर्फ जाने क्रममा कारले ठक्कर दिएपछि गम्भीर घाइते भएका झालाई उपचारका लागि केएमसी अस्पताल सिनामंगल लगिएकोमा उपचारको क्रममा ज्यान गएको बोहराले बताउनु भयो।
भारत घर भएका बालक झा परिवारसँग काठमाडौंमा बस्दै आएका थिए । कार चालक रमेश कुमार श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।
