क्यान्सरसँग संघर्ष गरिरहेकी बलम्बुका २७ वर्षीया अञ्जली श्रेष्ठ उपचारका क्रममा ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पतालमा गत बिहीबार दिवंगत भएकी छिन् । वहाँ दिवंगत भएको समाचार बलम्बुका पत्रकार सञ्जय देव महर्जनले पुष्टि गर्नुभएको कुरा थानकोट टाइम्सले अनलाइन समाचारमा जनाइएको छ
सन् २०१९ मा नर्सिंग परीक्षा उत्तीर्ण भएर सेवामा प्रवेश भएपछि क्यान्सर भएकाले ५ वटा शल्यक्रिया र २६ राउण्ड रेडियोथेरापी गरिएका थिए । तर क्यान्सर पूर्ण रूपले निको नभएकाले थप उपचारका निम्ति कोष संकलन अभियान सुरु गरिएको थियो ।
