उच्च अदालत, पाटनले नेवाः देय् दबूलाई अन्तरिम आदेश जारी गरिएन

आठौं अधिवेशन रोक्न अन्तरिम आदेश जारी गर्नु नपर्ने निर्णय उच्च अदालत, पाटनले नेवाः देय् दबूलाई आठौं अधिवेशन रोक्न अन्तरिम आदेश जारी गर्नु नपर्ने निर्णय गरिएको छ । आज सोमबार उच्च अदालत, पाटनमा भएको बहसपछि अदालतले त्यस प्रकारको आदेश जारी गर्नु नपर्ने निर्णय भएको छ ।

नेवाः देय् दबूको गतः बछलागाः चौथि, शुक्रबार देखि पञ्चमी, आइतबार (जेठ २ गते देखि ४ गते)सम्म हुने भनिएको आठौं अधिवेशन नेवाः देय् दबूका संस्थापन पक्ष भनिएका ब्यक्तिहरूले संस्थापकहरूका अधिकार कटौती गरिएको भनी उच्च पाटन, पाटनमा रिट गरिएको र उच्च पाटनले आज सोमबार दुबै पक्षलाई बोलाई अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा विमर्श गर्न बोलाइएको हो । तर अदालतले गतः बछलागाः चौथि, शुक्रबार (जेठ २ गते) अल्पकालीन आदेश जारी गरिएकाले गण्डकी प्रदेशको कावासोतीमा भइरहेको आठौं अधिवेशन स्थगित गरिएको हो ।

अदालतले तत्कालका निमित्त अन्तरिम आदेश जारी गर्नु नपर्ने निर्णय गरिए पनि दुबै पक्षबाट आवश्यक कागजातहरू अदालतमा पेश गर्न आदेश भएको छ ।