काठमाडौँ– राजसंस्थापक्षधरले आन्दोलनको पाचौँ दिन आज सोमबार आन्दोलन नगर्ने भएका छन्। जेठ १५ गतेदेखि राजसंस्था, हिन्दुराज्य स्थापनाको माग गर्दै राजसंस्थापक्षधरहरूले निरन्तर आन्दोलन गर्दै आएका थिए।
आन्दोलनको चौथो दिन प्रहरीको बल प्रयोग र धरपकडपछि अन्योलमा रहेका राजसंस्थापक्षधरहरूले सोमबार आन्दोलन नगर्ने बरु साँझ ६ बजे कमलादीस्थित गणेशथानमा दीप प्रज्ज्वलन गर्ने भएका छन्।
दरबार हत्याकाण्डको २४औँ स्मृति दिवसमा दीप प्रज्ज्वल गर्ने तर आन्दोलन नगर्ने संयुक्त जनआन्दोलन समितिका अध्यक्ष नवराज सुवेदीले प्रेस विज्ञप्ति जारी गरेर जानकारी गराएका छन्।
