हास्यकलाकार घनश्याम गौतमको निधन

‘नक्कली प्रचण्ड’ का रूपमा चिनिएका कलाकार घनश्याम गौतमको निधन भएको छ। लामो समयदेखि भक्तपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेका गौतमको सोमबार राति निधन भएको हो ।

उनमा ड्युडेनम भनिने पेटको आन्द्राको क्यान्सर भएको थियो। पारिवारिक स्रोतका अनुसार उनी भक्तपुर ताथलिमा रहेको काठमाडौं क्यान्सर अस्पतालमा लामो समयदेखि उपचार गराइरहेका थिए ।

‘मेरी बास्सै’ टेलिश्रृंखलामा माओवादी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को व्यंग्यात्मक भूमिका निर्वाह गरी चर्चामा आएका गौतम गाईजात्रा, बिभिन्न हास्य कार्यक्रम र स्टेजमा अभिनय गर्दै आएका थिए ।