काठमाडौँ दरबार स्क्वायर पर्यटन प्रवर्धन संघको आयोजनामा बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयको सहयोगमा सम्पदा पदयात्रा प्रतियोगिता २०८२ सम्पन भएको छ।
उक्त कार्यक्रममा संस्थागत र सामुदायिक ३३ वटा विध्यालयबाट छात्र ८ र छात्रा ८ गरि जम्मा ५०८ जनाको प्रतियोगी बिधार्थीहरुको सहभागिता थियो।

बसन्तपुरमा भएको सम्पदा पदयात्रामा प्रमुख अतिथिको रुपमा माननीय शैलेन्द्र बज्राचार्य बागमती प्रदेश सांसद तथा पूर्व संस्कृति पर्यटन तथा सहकारी मन्त्री, बिशेष अतिथिमा गुठि संस्थानका प्रशासक शैलेश राज कुवर , नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य लगायतको उपस्थिति थियो। यसै गरि अतिथिमा श्री शार्दुल जंग गुल्म हनुमानढोका सेनानी अनिल श्रेष्ठ, सशख प्रहरी बल २४ नं गुल्मका गुल्मपत्ति अशोक न्यौपाने, प्रहरी वृत्त जनसेवाका प्रमुख कृष्ण कुमार चन्द्र ,गुठी आन्दोलनका संयोजक एबम अभियन्ता गणपति लाल श्रेष्ठ लगायतको उपस्थिति थियो।

कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रम बारे प्रकाश रञ्जन लाल श्रेष्ठले गर्नुभयो भने प्रमुख अतिथि माननीय शैलेन्द्र बज्राचार्यले पहिलो दुई टोली लाई कार्ड कार्यक्रमको उद्घाटन तथा सम्पदा पदयात्रा प्रतियोगिता सुभारम्भ गनु भयो।
काठमाडौं दरबार स्क्वायर पर्यटन प्रवर्धन संघको आयोजनामा बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयको सहयोगमा नेपाल स्काउट सिद्धी गणेश ओपन स्काउट क्र्युको सकृयतामा सम्पदाहरुको पहिचान सहित सांस्कृतिक महत्व बुझाउने उदेश्यले पहिलो पटक सम्पदा पदयात्रा प्रतियोगिता हुन लागेको जानकारी काठमाडौं दरबार स्क्वायर टुरिजम प्रमोशन एसोसिएसनका सचिव रञ्जन लाल श्रेष्ठले दिनुभयो।

सम्पदा पदयात्रा भीमसेनस्थान ,प्याफल ,कालभैरब ,इन्द्रचोक, बांगेमुढा, क्षेत्रपाटी नेपा ब्याङक्वेट शोभाभगवती गेट हुदै विश्व शान्ति पोखरी शान्तिपुर सम्म थिय।
