बौद्धधर्म क्षेत्रमा बृहत् रुपमा लिइने गरेको सम्यक महादान गरिने स्वयम्भूको भुइखेलको जग्गा नीजि गुथिबाट ब्यक्तिको नाममा लालपूर्जा बनाएकाहरुले भुइखेलमा भोगचलन गर्न पाउनु पर्दछ भनी काठमाण्डौं महानगर पालिका तथा १५ वडा कार्यालय र भुइखेल टोल सुधार समितिलाई समेत विपक्षी बनाई उच्च अदालत ललितपुरमा दायर गरिएको मुद्दाको पेशीको पहिलो दिन हिजो बुधबार दुई न्यायाधीशबाट– मिसिल झिकाउने आदेश भएको छ । उच्च अदालतमा भएको पहिलो पेशीमा न्यायाधीश टेक प्रसाद गुरुङ्ग र कृष्णराम कोइरालाले भुइखेलको जग्गा नीजि गुठी हुनुअघि कसको हो ?
यसको श्रोत अदालतलाई आवस्यक भएकाले यसरी मिसिल झिकाउने आदेश भएको हो । भुइखेल बचाऊ संघर्ष समितिका सदस्य ज्ञानेन्द्र रत्न बज्राचार्यले दिनुभएको जानकारी अनुसार उच्च अदालतमा हिजो बुधबार लामो बहस नभएको र भुइखेलको जग्गाको विषयलाई लिएर अदालतले अध्ययन गर्नका निमित्त मिसिल झिकाउने आदेश मात्र भएको कुरा बताउनु भएको छ । अधिवक्ता लक्ष्मण शाही भुइखेल बचाऊ संघर्ष समितिका तर्फबाट हिजो बुधबार उच्च अदालत ललितपुरमा सहभागी हुनुभएको छ ।
