झापाको कन्काईमा एक व्यक्ति मृत फेला, प्रहरीद्वारा अनुसन्धान जारी

झापाको कन्काई नगरपालिकामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।

शिवसताक्षी नगरपालिका–११ घर भइ हाल कन्काई–४ मा बस्दै आएका ६० वर्षीय चन्द्र शिवाकोटी आज बिहान ५:३० बजेतिर बाटो किनारमा मृत फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो।

कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।

प्रारम्भिक जानकारीअनुसार, अविवाहित रहेका शिवाकोटीले रङ लगाउने काम गर्दै आएका थिए। उनी अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेको पनि बताइएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।