नेपाल सम्वत् ११४६ को उपलक्ष्यमा नेवाः गुठी न्युयोर्क र नेवाः नखः न्युयोर्कको संयुक्त आयोजनामा अक्टोवर २५ तारिख २०२५ शनिवारका दिन अमेरिकाको न्युयोर्कस्थित ज्याक्सनहाईटको डाइभर्सिटी प्लाजामा न्हू दँया भिंतुना ऱ्यालीको आयोजना गरिएको छ । तिहारको चौथौं दिन म्ह पूजा अर्थात् गोवर्धन पूजाको दिनमा पर्ने नयाँ वर्ष नियमित रुपमा देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गर्दै भव्यताका साथ मनाउँदै आइरहेको छ भने नेपाल सम्वतलाई नेपाल सरकारले नेपालको राष्ट्रिय सम्वत् को मान्यता दिएको छ ।
न्हू दँया भिंतुना कार्यक्रम सुरु हुनु अगाडि उपस्थित सबैलाई परम्परागत रुपमा टीका, फूल र कोखा वितरणका साथै सगुन स्वरुप अण्डा, माछाको साथमा चिया वितरण गरिएको थियो। नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्दै सुरु भएको न्हू देंया भिंतुना कार्यक्रमको सञ्चालन नेवाः नखः न्युयोर्कका महासचिव तुलसी नारायण चित्रकार र नेवाः गुठी न्युयोर्कका महासचिव सुवर्ण शाक्यले गर्नु भएको थियो। कार्यक्रममा नेवाः गुठीका अध्यक्ष विजय मान सिंले उपस्थित सबैलाई स्वागत गर्नुका साथै सबैलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्नु भयो। शंखधर साख्वालें तत्कालिन समयमा सबैको ऋण तिरेर सबैजनालाई ऋणमुक्त गरेको अवसरमा नेपाल सम्वत सञ्चालनमा आएको जानकारी उहाँले दिनु भयो । हिमालयन बुद्धिस्ठ कम्युनिटीका अध्यक्ष हृदय तुलाधर तथा न्युयोर्क सिटी डिस्ट्रिट ३ का काउन्सलर बिरेन्द्र मानन्धरले नेपाल सम्वतको महत्त्व प्रकास पार्नुका साथै शुभकामना व्यक्त गर्नु भयो। नेपाल सम्बत कार्यक्रम र ऱ्याली पहिले कसरी मनाइँथ्यो भन्ने बारेमा डा. मीम लाल नकर्मलि प्रकास पार्नु भयो भने आदिवासी जनजाति महासघ, अमेरिकाका अध्यक्ष तोरण गुरुङ्गले नेपाल सम्वतको कुनै गर्व, जनजातिको मात्रै सम्वत नभैकन सम्पूर्ण नेपालीको सम्वत भएको कार्यक्र नेवाः गुठीका सदस्य राजेन्द्र महर्जनले न्द्र दैया भिंतुना यालीको नाराको बारेमा जानकारी दिनु भयो।
