सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढ्यो

काठमाण्डौ – सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेको छ । सुन आज तोलामा सात सय रुपैयाँले बढेर तोलाको दुई लाख ४३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४२ हजार तीन सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी आज ३५ रुपैयाँले बढेर तोलाको तीन हजार एक सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार एक सय ५० रुपैयाँ थियो।