विराटनगरलाई ४८ रनले पराजित गर्दै चितवन विजयी

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको खेलमा चितवन राइनोज वियजी भएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा चितवन राइनोजले बिराटनगर किंङ्सलाई ४८ रनले पराजित गरेको हो ।

यो सँगै ३ खेल खेलेको चितवनले २ खेलमा जितेको छ भने १ खेलमा पराजय भोगेको छ। टस जितेर व्याटिङको निम्तो दिएको विराटनगरले १७५ रनको लक्ष्य पछ्याउने क्रममा सबै विकेट गुमाएर जम्मा १२६ रनमात्र जोड्यो। योसँगै विराटनगरका लागि यो सिजनको यो नै पहिलो हार हो । ४ खेलमा विराटनगरले ३ खेल जितेको छ भने १ खेल हारेको छ ।

एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली सहभागी छन् । गएको मङ्सिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल यही २७ गतेसम्म चल्नेछ ।