राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता विराजभक्त श्रेष्ठ यसपाली पनि काठमाडौं–८ बाट चुनावी मैदानमा उत्रेका छन्। श्रेष्ठले गत मंगलबार नागार्जुनस्थित निर्वाचन कार्यालयमा पुगेर उमेदवारी दिएका थिए।
श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं–८ का नागरिकका गुनासा तथा सुझाव व्यवस्थित र प्रभावकारी रूपमा संकलन गर्न डिजिटल दर्ता प्रणाली थालेका थिए । यसैगरी सांसद र मन्त्री हुँदा आफूले गरेका कामको विवरण प्रकाशन गरी मतदाता माझ लगेर छलफल चलाएका थिए ।
श्रेष्ठले २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोही क्षेत्रबाट चुनाव जितेका थिए । उनी युवा तथा खेलकुदमन्त्री समेत बनेका थिए । आज नै उनले सिद्धार्थ सडक डल्लु आवासबाट जनसम्पर्क कार्यालय आजदेखि सञ्चालनमा ल्याएको छ।
