कविकेशरी चित्तधर हृदयको १२०औँ जन्मजयन्तीमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

नेपालभाषा साहित्यिक क्षेत्रमा मूर्धन्य साहित्यकारका रूपमा परिचित चित्तधर हृदय तुलाधर को १२०औँ जन्मजयन्तीको अवसरमा श्रद्धाञ्जली तथा फूल अर्पण कार्यक्रम सम्पन्न गरिएको छ।

नेपालभाषा परिषद्को आयोजनामा ने.सं. ११४६ बछलागाः एकादशी, बुधबार (२०८३ वैशाख ३० गते) काठमाडौं महानगरपालिका–१३ कालिमाटीस्थित उहाँको पूर्णकदको सालिकमा श्रद्धाञ्जली अर्पण गर्दै फूल चढाइएको हो।

नेपालभाषा साहित्यिक क्षेत्रमा चित्तधर हृदयको अमूल्य योगदान रहेको तथा उहाँकै साहित्यिक यात्राबाट प्रेरित भई धेरै साहित्यकारहरूको उदय भएको मान्यता रहेको छ। उहाँको स्मरणमा आयोजित कार्यक्रममा नेपालभाषा सेवी, साहित्यकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा वडा नं. १३ का अध्यक्ष ध्रुव नारायण मानन्धर, प्रेमहिरा तुलाधर, सर्वज्ञ रत्न तुलाधर, नरेशवीर शाक्य, श्रीराम श्रेष्ठ, वंशीधर वज्राचार्य, विमलप्रभा बज्राचार्य, महेशमान डंगोल, सुरेशमान डंगोल, सुगत रत्न सिन्दुराकार, सुनिता मानन्धर, गणेश साय्मि, अन्जना ताम्राकार, पौभाः साय्मि, नारद बज्राचार्य, राजभाइ जकःमि, भगवती महर्जन, नातिकाजी महर्जन, रमेश मानन्धर, राजेन्द्र रञ्जित, स्नेह साय्मि, लक्ष्मी माली, मदनसेन बज्राचार्य, धर्मराज राजकर्णिकारलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले नेपालभाषा साहित्यको उत्थान र संरक्षणमा योगदान पुर्‍याउने साहित्यकारहरूको सम्मान तथा स्मरण गरिनु आवश्यक रहेको बताएका थिए। कविकेशरी चित्तधर हृदयको योगदानलाई नयाँ पुस्तासम्म पुर्‍याउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो।

नेपालभाषा साहित्यिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूले समय–समयमा कविकेशरी चित्तधर हृदयको साहित्य, योगदान र व्यक्तित्वबारे चर्चा–परिचर्चा गर्दै आइरहेको पनि कार्यक्रममा उल्लेख गरिएको थियो।