काठमाण्डाै – हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव २८ अङ्कले घटेर २ हजार ७०१ दशमलव ३२ विन्दुमा झरेको छ ।
आज बैंक र म्युचल फन्ड बाहेक सबै समूहको उपसूचक घटेकोमा होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र व्यापार समूह २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।
आज २३४ वटा कम्पनीको शेयर बढेकोमा ३६ वटाको घटेको छ । यस्तै ५ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
आज आत्मनिर्भर लघुवित्तको शेयर १३ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन एभरेस्ट कलरको शेयर १५ प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गएको शुक्रवार ६ अर्ब २६ करोडको कारोबार भएकोमा आज ३६० वटा कम्पनीका १ करोड ३९ लाख कित्ता शेयर ६ अर्ब ८ करोड रुपैयाँमा किनबेच भएको छ ।
