सेतो मच्छिन्द्रनाथको जात्रा आज सकिदै

काठमाडौंको सेतो मच्छिन्द्रनाथको जात्रा आज सकिदैछ । आज लगनमा रहेको मूर्तिलाई रथबाट निकालेर खतमा राखेर दलाछि, भीमसेनस्थान, मरु, हुँदै जनबहालमा रहेको मन्दिरमा लगिनेछ । मच्छिन्द्रनाथलाई लगनमा रहेको रथबाट निकालेर खटमा राखेर सिन्दुर जात्रा सहित केलटोलमा रहेको मन्दिरमा फिर्ता लगे पछि जात्रा समापन हुने परम्परा छ ।

गएको बैशाख ४ गते जमलको तीनधारा पाठशालाबाट रथ तानेर शुरु भएको जात्रा लगन टोलबाट जनबहालमा मूर्तिलाई फिर्ता लगिए पछि सकिने गर्दछ । यसै बिच ललितपुरको रातो मच्छिन्द्रनाथको महास्नान आउँदो १२ गते गरिदैछ भने दोलखाको रातो मच्छिन्द्रनाथको महास्नान ११ गते गरेर १२ गते रथमा विराजमान गरेर १३ गतेदेखि रथलाई दोलखाको विभिन्न स्थानमा तानेर जात्रा गरिनेछ ।