ललितपुर – ललितपुरको रातो मच्छिन्द्रनाथको रथमा राख्नको लागि नयाँ पाङ्ग्रा पुल्चोक लगिएको छ । नयाँ पाङ्ग्रा बेलाछें टोलमा बनाएको हो भने विहिबार पुजासहित चार वटै पाङ्ग्रालाई रथ बनाइरहेको स्थान पुल्चोकमा लगिएको हो। रथमा दशमीका दिन पाङ्ग्रा राखिने परम्परा अनुसार आज पुल्चोकमा लगिएको पाङ्ग्रा भोलि रथमा जोडिनेछ।
हरेक १२ वर्षमा रथको पाङ्ग्रा फेर्नुपर्ने प्रचलन रहे पनि गत वर्षको पाङ्ग्रा पुरानो भएकाले नयाँ पाङ्ग्रा राखिएको हो। नयाँ पाङ्ग्रा बनाएर आज विधिवत् रूपमा रथमा राखिएको छ।

