विपक्षी दलहरूको अबरोधका बाबजुद प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएका छन्। आजको प्रतिनिधि सभाको बैठकमा १५८ सांसद उपस्थित थिए । जसमध्ये विश्वासको मतको पक्षमा १५७ मत परेको छ । विपक्षमा शून्य र मत दिन्नँ भन्ने पक्षमा १ मत परेको छ ।
सोमबार प्रतिनिधिसभाको दोस्रो बैठकमा विश्वासको मत लिने क्रममा कांग्रेस सांसदहरुले बेल घेराउ र नाराबाजी गरेपछि आक्रोशित बनेका प्रधानमन्त्रीले संसद्मा देखाएको व्यवहार गलत भएको भन्दै यसको मूल्य चर्को पर्ने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री दाहाललाई सत्तारूढ नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरूले मत दिएका थिए।
नाराबाजी गरिरहेको नेपाली कांग्रेससहितका प्रतिपक्षी दलहरू भने मतदान प्रक्रियामा सहभागी नै भएन।
