समाज सेवी गोपाल कृष्ण महर्जन गायकको रुपमा आफुलाई अगाडी ल्याएका छन्। नेपालभाषाको संगीत क्षेत्रमा केहि फरक गरु भनेर नयाँ खालको गीत आज शनिवार गरेका छन् ।
काठमाडौंको सुन्धारामा सिटिसि मलमा रहेको सिडिसि सिनेमामा आज एक कार्यक्रममा नेपालभाषाको गीत ‘ऐला ऐला ऐला’ म्यूजिक भिडियो सार्वजनिक भएको छ । जसमा चर्चित अभिनेता पल शाह र सृष्टि महर्जनको बेजोड अभिनाये हर्न सकिन्छ।
निर्देशक सुरेन्द्र तुलाधरले निर्देशन गरेको उक्त गीतको रचना पवन जोशीले गरेका छन् भने संगीत अनिल तुलाधरको रहेको छ ।
डान्स बिटको रुपमा रहेको गीतको छायाङ्कन भने कीर्तिपुरको ससःत्वाः, द क्लब १० एक्स ठमेल र बम्बीर शिवालय ट्रस्ट टेकुमा गरिएको थियो ।
यसै गरि म्यूजिक भिडियोको छायाङ्कन इश्वर लाल सिंकेमना र दृश्य सम्पादन सुजन बडालले गरेका छन् भने कोरियोग्राफरको रुपमा रोहिया महर्जनले काम गरेका छन्।
उक्त गीत ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।
