काठमाडौं । अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा आज बुधबार) प्रतितोला सुनमा ११ सयले वृद्धि भएको छ ।
मंगलबार प्रतितोला १ लाख ६९ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज ११०० रुपैयाँ बढेर तोलामा १ लाख ७० हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको छ ।
