फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बफोन नेपाल आउने भएका छन्। केपी ओली कपको आयोजक राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले बफोन नेपाल आउने पक्का भएको पुष्टि गरे । उनी इटालीका पूर्वकप्तान तथा विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक हुन्। केपी ओली कप फुटबल प्रतियोगिताको अवसरमा पारेर नेपाल आउन लागेका हुन्।
ओली कपको तेस्रो संस्करण फागुन ११ देखि १९ गतेसम्म हुँदैछ। उनी भने प्रतियोगिताको फाइनल खेलको अवलोकनको लागि मात्र बफोन काठमाडौंमा आउन लागेका हुन्।
