काठमाडौँ- प्रहरीले महाशिवरात्रिका अवसरमा भिडभाड रहेको पशुपतिनाथ क्षेत्रबाट ७५ जनालाई नियन्त्रणमा लिएको छ।
पशुपतिनाथ मन्दिर परिसरमा शंकास्पद गतिविधिमा संलग्न ७५ जनालाई नियन्त्रणमा लिइएको काठमाडौँ प्रहरीका एसपी अपिलराज बोहराले जानकारी दिए।
विभिन्न आपराधिक गतिविधिमा संलग्न तथा अभद्र व्यवहार गर्नेहरूलाई नियन्त्रणमा लिइएको जानकारी उनले दिए।
उनका अनुसार पक्राउ परेकाहरूलाई प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालामा राखिएको छ।
महाशिवरात्रिका दिन करिब ५ लाख भक्तजनले भ्रमण गर्ने अपेक्षा गरिएको पशुपतिनाथ मन्दिर परिसरमा प्रहरीले सुरक्षा गतिविधि कडा पारेको छ।
