वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं महानगर प्रवेशमा नगरप्रहरीको रोक

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं कार्यालयमा हाजिर हुन जाने भएपछि महानगर प्रहरीको टोली उनलाई रोक्न खटाइएको छ । काठमाडौं महानगरपालिकाका नगरप्रहरीले वडाध्यक्षहरूलाई महानगर प्रवेशमा रोक लगाएका छन् ।

महानगरबाट निलम्बित प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा पुग्नुअघि गेटमा तैनाथ नगरप्रहरीले वडाध्यक्षलाई रोक्न खोजेका थिए। तर पछि तर, कर्मचारीहरूले वडाध्यक्ष साथै प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं कार्यालयमा हाजिर हुन कार्यालय प्रवेश गराएका छन् ।

मेयर बालेन शाहको निर्देशनमा नगरप्रहरीले वडाध्यक्षहरूलाई प्रवेश गर्न रोक लगाएको थियो । नगरप्रहरीको कदमपछि वडाध्यक्ष र कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।
प्रशासकीय अधिकृत गुरागाईंको कार्यकक्षमा महानगरले ताला लगाएपछि ताला र ढोकाको सिसा फोरेर उनी भित्र छिरेका हुन्।यससगै उनी ३ महिना १४ दिनपछि आफ्नो नियमित जिम्मेवारीमा फर्किएका हुन्।

गुरागाईंले अनधिकृत नक्सा पास गरेको भन्दै महानगरपालिकाले कारबाही गरेको थियो। काठमाडौं- २८ पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं टावरको १२ तल्लाको नक्सा पास प्रक्रिया अगाडि बढाउनुपर्नेमा गुरागाईंले प्रक्रिया नै पूरा नगरी १९ तल्लाको नक्सा स्वीकृति दिएको पाइएपछि कारबाही भएको थियो।

यस विषयमा महानगरका मेयर बालेन्द्र साह (बालेन) र उनीबिच विवादको अवस्था सिर्जना भएको थियो। सोही विवादका बाबजुद उनी आज हाजिर भएका हुन्। उनले भोलिबाट नियमित हाजिर हुने बताएका छन्।