काठमाडौं । राजावादीको प्रदर्शनका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा नेता एवम् सांसद दीपक सिंहसहित पक्राउ परेका आठ जनामध्ये सात जनालाई रिहा गरिएको छ ।
प्रहरीले उनीहरुलाई जिम्मा जमानीमा छोडेको हो । अर्का एक जना डा. राजिव झाले भने मापसे गरेर भिडमा अपशब्द बोलेकाले हिरासतमै राखिएको प्रहरीले जनाएको छ ।
छोड्नु अघि उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो भने उनीहरुलाई परिवारको जिम्मा लगाइएको छ । रिहाइपछि उहाँहरुलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा केन्द्रीय कार्यालय, धुम्बाराहीमा स्वागत गर्नुभएको छ।
