छक्का–पन्चा सिरिज चलचित्रका चर्चित संगीतकार दीपक शर्माको संगीतमा लसता जोशीले गाउनु भएको ‘भेट्दिन राती रातीमा …’ बोलको गीतको म्यूजिक भिडियो गतः मंगलबार एक कार्यक्रमका बिच लोकार्पन भएको छ । यस युगल गीतमा लसतालाई सुभाष मण्डलले साथ दिनु भएको छ ।
यस गीतका गीतकार पनि दीपक शर्मा नै हुनुहुन्छ । साथै, यस म्यूजिक भिडियोका छायाँकार उत्सव दाहाल तथा नृत्य निर्देशक रोशन विश्वकर्मा हुनुहुन्छ ।
लोकार्पन भएको यस म्यूजिक भिडियोमा नेपालभाषाको गीत संगीत क्षेत्रमा चर्चित नायिका भिन्तुना जोशीको साथमा यसराज गराचाको अभिनय रहेको छ । यस म्यूजिक भिडियोका निर्देशक सुब्रत आचार्य हुनुहुन्छ ।
कार्यक्रममा चलचित्र तथा साहित्य अन्वेशक प्रकाश साय्मि, चर्चित गायक जुजुकाजि रन्जित, संगीतकार न्ह्यू बज्राचार्य, अग्रज पत्रकार विजयरत्न असंबरेका साथै गायिका लसता र नायिका भिन्तुनाका आमा नगिना जोशीले पनि यस म्यूजिक भिडियोका बारेमा आफ्ना मन्तब्य राख्नुभएको थियो ।
यस म्यूजिक भिडियोको लोकार्पन सिडिसि मलमा भएको हो भने ओएसआरको यूट्यूबबाट विश्वभर हेर्न सकिने भएको छ ।
