आज शुक्रबार बिहान ४.७ रेक्टर स्केलको भूकम्प गएको छ।

शुक्रबार बिहान संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा भूकम्प गएको छ। शुक्रबार बिहान ३:१८ बजे ४.७ रेक्टर स्केलको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार भूकम्पको केन्द्रविन्दु संखुवासभाको टोप्के गोलामा रहेको थियो।

भूकम्पको धक्का संखुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको थियो। बिहान सबेरै धेरैजसो मानिसहरू निद्रामा रहेका बेला धक्का महसुस भएपछि आत्तिँदै घर बाहिर निस्किएका थिए।

प्रारम्भिक जानकारी अनुसार हालसम्म मानवीय तथा भौतिक क्षतिको कुनै विवरण प्राप्त नभएको सम्बन्धित जिल्लाका सुरक्षा अधिकारीहरूले बताएका छन्।