काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज सोमबार अपरान्ह ४ बजेका लागि मन्त्रिपरिषद्को महत्वपूर्ण बैठक आह्वान गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने यस बैठकमा सरकारको १०० बुँदे कार्ययोजनाको कार्यान्वयन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
गत चैत १३ गते प्रधानमन्त्रीमा नियुक्त भई कार्यभार सम्हालेका शाहले आफ्नो सरकारलाई ‘एक्सन ओरिएन्टेड’ बनाउने उद्घोष गरिसक्नुभएको छ। आजको बैठकमा विशेषगरी सुशासन, सरकारी सेवा प्रवाहमा सरलीकरण र आर्थिक सुधारका एजेन्डाहरूमाथि केन्द्रित रहेर केही महत्वपूर्ण निर्णयहरू हुन सक्ने सचिवालय स्रोतले जनाएको छ।
