नेपालभाषा एकेडेमी द्वारा आयोजित एक कार्यक्रममा साहित्यकार केदार सितु द्वारा लिखित उपन्यास ‘नेति नेति’ उपन्यासमाथि विशेष समीक्षा तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम एकेडेमीका चान्सलर भाजु मल्ल के. सुन्दर को अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा एकेडेमीका भाइस चान्सलर तथा साहित्य विभाग प्रमुख डा. पुष्पराज राजकर्णिकार ले स्वागत मन्तव्य राख्दै उपन्यासको साहित्यिक महत्त्वबारे प्रकाश पार्नुभयो।
समीक्षा कार्यक्रममा मङ्गलनारायण जोशी, रमिता कपाली, सुरेन शाक्य, दिव्या ताम्राकार, महेन्द्रप्रसाद श्रेष्ठ र समान्त श्रेष्ठ लगायतका वक्ताहरूले आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए। त्यस्तै, साहित्यकारहरू बंशीधर बज्राचार्य, बदन शर्मा, सुधीर ख्वबि, रिता महर्जन ‘ऋतु’, सुरेश प्रधान र नारद बज्राचार्यले पनि उपन्यासका विविध पक्षबारे टिप्पणी गरेका थिए।
कार्यक्रमको दोस्रो चरणमा महेन्द्रगोपाल कर्माचार्यले सहजीकरण गर्नुभएको थियो भने लेखक केदार सितु र प्रा. प्रेमशान्ति तुलाधरले उपन्यास ‘नेतिनेति’ को विषयवस्तु, सन्देश तथा सिर्जनात्मक पक्षबारे विस्तृत चर्चा गर्नुभएको थियो।
उक्त कार्यक्रम पाटन महानगरपालिकास्थित क्याफे ‘दी पाटन’ महापालमा आयोजना गरिएको थियो।
