इयू देशका राजदूतसँग आज प्रधानमन्त्री बालेन शाहको संयुक्त संवाद

काठमाडौं — प्रधानमन्त्री बालेन शाह ले आज युरोपेली सङ्घ (इयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने भेटमा नेपालका वर्तमान प्राथमिकता, द्विपक्षीय सम्बन्ध विस्तार तथा विकास साझेदारीका विषयमा छलफल हुने जनाइएको छ।

प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार भेटवार्तामा नेपाल–इयू सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विशेष केन्द्रित छलफल हुनेछ।

यसअघि पनि प्रधानमन्त्री शाहले गत चैत २५ गते नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग सामूहिक संवाद गरेका थिए।