प्रधानमन्त्री शाहले भने- रसुवा बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो

प्रधानमन्त्री वालेन्द्र शाहले रसुवामा आएको बाढी रसुवा र नुवाकोटको मात्र नभई सिंगो नेपालको छातीमा परेको साझा बज्रपात भएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संकटको समयमा साहस र हिम्मता साथ लड्नुको विकल्प नभएको बताएका छन् ।

प्रधानमन्त्री शाहले अहिले शरीर थकित भएको भनेर विश्राम गर्ने समय नभएको समेत बताएका छन् । भदौ १० गते आएको बाढीपछि उनको यो पहिलो सम्बोधन हो ।