काठमाण्डौ उपत्यकामा ग्यासको चरम अभाव

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ । साउनको पहिलो हप्तादेखि नै सहजरूपमा ग्यास पाउन नसकेका उपभोक्ताहरू पछिल्लो समय भोटेकोशीको बाढी र पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोपछि झनै पीडित बनेका छन् । काठमाण्डौ उपत्यकामा…

शान्ति वार्ता फेरि सुरु गर्ने विषयमा अमेरिका–युक्रेनबीच छलफल

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विट्कफ र जारेड कुशनरसँग भएको वार्ता अत्यन्तै सार्थक र महत्वपूर्ण रहेको बताएका छन् । आइतबार भएको भेटवार्तापछि पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले रुस–युक्रेन द्वन्द्व समाधानका लागि रोकिएको शान्ति वार्ता पुनः सुरु गर्ने…

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा २ जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा २ जना बेपत्ता भएका छन्। आठराई त्रिवेणी गाउँपालिकाको हाङपाङबाट अरुण भेनियरतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर आज बिहान मैवाखोलाको पुलको छेउबाट करिब १५ मिटर तल खसेर खोलाले बगाएको थियो।…

रसुवा बाढी : मृतकको संख्या १३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये १ हजार ३ सय ५५ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा र आसपासका जिल्लामा आएको विनाशकारी बाढीको पछिल्लो वस्तुस्थिति सार्वजनिक गरेको हो। आज बिहान ११…

भोटेकोशी बाढीको १३औं दिन, झण्डा आधा झुकाइने

काठमाडौं। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सरकारले आज सोमबार देशभर राष्ट्रिय शोक मनाउँदै छ। घटनाको १३औँ दिनमा शोकसन्तप्त परिवारप्रति ऐक्यबद्धता जनाउन देशभरका सरकारी कार्यालयका साथै विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय…

रसुवाका बाढीपीडितप्रति काठमाडौंमा ऐक्यबद्धता ¥याली

रसुवा जिल्लाको भोटेकोशी र खोलामा आएको विनाशकारी बाढीबाट भएको जनधन तथा भौतिक संरचनाको क्षतिप्रति दुःख व्यक्त गर्दै काठमाडौंमा ऐक्यबद्धता ¥याली आयोजना गरिएको छ। बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गर्न तथा प्रभावित नागरिकहरूको खोजी, उद्धार र…

स्वर्गीय योगेश वैद्यको ८०औँ जन्मजयन्तीमा ‘कला व सिर्जना’ सम्पन्न

नेपालभाषा एकेडेमीको आयोजनामा कीर्तिपुरको न्यामाँसिमास्थित अरनिको हलमा विशेष सांगीतिक कार्यक्रम ’कला व सिर्जना’ भव्य रूपमा सम्पन्न भएको छ । आदरणीय गायक तथा संगीतकार स्वर्गीय योगेश वैद्यको ८० औं जन्मजयन्तीको अवसरमा वहाँको सांगीतिक योगदानको स्मरण गर्दै आयोजित उक्त कार्यक्रममा उहाँका १७…

रसुवामा हैजाको जोखिम: सेनाको हेलिकप्टरबाट २१ हजार डोज खोप पठाइयो

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेपछि सरकारले रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सहयोगमा प्राप्त उक्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पुर्‍याइएको हो। स्वास्थ्य तथा…

युक्रेन युद्ध अन्त्य गर्न पुटिनसँग अमेरिकाको वार्ता

युक्रेनमा जारी युद्ध अन्त्य गर्ने प्रयासलाई तीव्रता दिँदै अमेरिकाले रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख वार्ताकारहरू मस्कोमा पुगेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका हुन्। क्रेमलिनले सार्वजनिक गरेको भिडियोमा अमेरिकी विशेष दूत स्टिभ विटकफ…

भोटेकोशीको वितण्डा: रसुवाका मात्रै ३ हजार बढी बेपत्ता, व्यापक भौतिक क्षति

रसुवा- नेपाल–चीन सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको भीषण बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको छ । ल्हेन्दे खोला हुँदै गएको बाढीका कारण हालसम्म जिल्लामा एक हजार ३१३ जनाको जीवितै उद्धार गरिएको छ भने तीन हजार ७१ जना अझै सम्पर्कविहीन…