काठमाडौं – एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल तेस्राे भएकाे छ । आज आइतवार त्रिपुरेश्वरकाे कभर्ड हलमा तेस्राे स्थानका लागि भएकाे खेलमा यसअघिको दुवै संस्करणकाे विजेता नेपालले उज्बेकिस्तानलाई ३–१ काे सेटमा हरायाे ।
पहिलाे सेट गुमाएकाे नेपालले त्यसपछिकाे तीन सेट जितेकाे हाे । पहिलाे सेट २०–२५ ले गुमाएकाे नेपालले दाेस्राे सेट २५–१६, तेस्राे सेट २५–१५ र चाैथाे सेट २५–१३ ले जित्याे ।
आजै उपाधिका लागि भारत र काजकिस्तानबीच खेल हुँदैछ । खेल त्रिपुरेश्वरकाे कभर्ड हलमा दिउँसाे ४ बजेपछि सुरु हुनेछ ।
