कीर्तिपुरमा दाफा धुकू र दाफा पासा कार्यक्रम सम्पन्न

काठमाडौं – हाम्रो सांगीतिक सम्पदाको पुनः कल्पनाका साथ कीर्तिपुरमा दाफा धुकू र दाफा पासा कार्यक्रमको  आयोजना गरएको छ। रूपेन्द्र महर्जनको अध्यक्षतामा  गएको शनिबार भएको  कार्यक्रम दाफा संगीत प्रेमी युवाहरुले दाफाम्ये गनेद्यः ग्वारा बजाएर शुरू भएको थियो। 

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले  कार्यक्रमको उद्घाटन गर्दै धुकू पासाले दाफा संस्कृतिलाई जिवित तुल्याउने कार्य प्रशंसनीय झ भन्नु भयो । उहाँले संस्कृतिलाई जिवन्त बनाएर पुस्तातरण गर्नु पर्नेमा जोड दिदै दाफा बाजालाई व्यवसायीकरण गर्नुपर्ने जनाउँदै संस्कृति बचाउनमा आफुले संरक्षण, सम्बद्वनमा पहल गर्ने प्रतिबद्वता व्यक्त गर्नुभयो।

कार्यक्रममा दाफा धुकू पासाका सचिव दिलिप महर्जनले लिच्छवि शिलालेख अनुसार १५ सय वर्ष पुरानो दाफा संगितलाई कसरी अगाडि बढाउने तथा अहिलेका युवामा धिमे बाजाको आकर्षण बढ्दो छ तर दाफामा युवाको आकर्षण बढाउने  कार्यक्रमको उद्धेश्य रहको बताउनुभयो ।

दाफा गुरू न्हु्छेँ बहादुर डंगोलले गुरुको शिक्षा बिना केही पनि सफल नहुने भन्दै कीर्तिपुर भनेको कला संगितको ज्वाला उत्पन्न हुने थलो भएको बताउनुभयो । यदि नेवार समुदायको दाफा बाजाको संगितलाई जोगाउनको लागि पठनपाठनमा समावेश गर्नु पर्नेमा जोड दिनुभयो।

कार्यक्रममा कीर्तिपुर नगरपालिकाका उपमेयर शुभलक्ष्मी शाक्य (सुनिता)का साथै नगरपालिका भित्रका दाफा गुरुहरुलाई नेवाः परम्पराअनुसार सगुन दिएर, फेटाले बाँधेर तथा दोसाल्ला ओढाएर सम्मान गरिएको  थियो।

कार्यक्रममा कीर्तिपुर क्षेत्र पयर्टन विकास क्षेत्रका अध्यक्ष विकास महर्जन, कीर्तिपुर नगरपालिका वडा नं । २ बाट प्रतिनिधिका रूपमा इन्जिनयर रूपेश महर्जन, वडा नं । ४ का वडा सदस्य सलिना स्याबा, वडा नं । ६ का अध्यक्ष दिवाकर अधिकारी, वडा नं  १० का अध्यक्ष नरेश महर्जन लगायतको उपस्थिति  थियो ।