काठमाडौं – तीन दिनअघि काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा चार जना बालबालिकामा दादुरा संङ्क्रमण देखिएपछि दादुराको ब्रेकआउट भएको थियो।
यसैबीच, कोरोना भाइरसभन्दा पनि तीव्र गतिमा फैलिने दादुराको जस्तो लक्षण ६५ जनामा देखिएको परिवार कल्याण महाशाखाले जनाएको छ। तीन दिनअघि दादुराको जस्तै लक्षण देखिने दर ५२ जना थियो ।
दादुराको लक्षण देखिने बिरामीको ८ वर्षदेखि ३८ वर्षसम्म रहेको पाइएको छ । हाल दुई जनालाई अस्पताल भर्ना गरिएको छ ।
