काठमाडौँ — विगत केही दिनदेखि लगातार उच्च विन्दुमा रहेको सुनचाँदीको बजारमा आज सामान्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो र अस्ति स्थिर रहेको सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले ओरालो लागेको हो।
आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि सोमबार ३ लाख १० हजार ९ सय रुपैयाँमा खरिदबिक्री भएको सुनको भाउ मंगलबार एकैपटक ४ सय रुपैयाँले बढेको थियो भने हिजो बुधबार पनि मंगलबारकै मूल्य अर्थात् ३ लाख ११ हजार ३ सय रुपैयाँमा स्थिर रही कारोबार भएको थियो। सुनसँगै आज चाँदीको मूल्यमा पनि ठूलो गिरावट आएको छ।
महासंघका अनुसार चाँदीको भाउ तोलामा ८५ रुपैयाँले सस्तिएको छ। हिजो बुधबार प्रतितोला ५ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ५ हजार २ सय ८५ रुपैयाँ कायम भएको छ।
