वरिष्ठ सिने पत्रकार विजयरत्न असम्बरेको स्वास्थ्यलाभका सहित सहयोगार्थ कार्यक्रम हुने

वरिष्ठ सिने पत्रकार, निर्देशक तथा भाषासेवी विजयरत्न असम्बरेको स्वास्थ्यलाभको कामना गर्दै सहयोगार्थ कार्यक्रम भोलि शनिबार बिहान ८ बजे क्षेत्रपाटी पार्टी प्यालेसमा आयोजना गरिने भएको छ ।

ग्वाहालि पुचःको आयोजनामा हुने उक्त कार्यक्रममा विजयरत्न असम्बरेको उपचारका लागि सहयोग गर्नेहरु प्रति धन्यवाद दिने साथै
सकेको सहयोग प्रदान गर्ने कार्यक्रम रहेको छ।

हाल मिर्गौला (किड्नी) सम्बन्धी समस्याका कारण उपचाररत रहेका असम्बरेको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उहाँलाई थप सहयोगको आवश्यकता रहेको आयोजक ग्वाहालि पुचःले जनाएको छ।

शनिबार हुने कार्यक्रममा विभिन्न भाषाका साहित्यकार, नेपालभाषाका अभियन्ता, पत्रकार तथा विजयरत्न असम्बरेका शुभेच्छुक र आफन्तजनलाई उपस्थित भई सहयोग तथा ऐक्यबद्धता जनाउन आयोजकले अनुरोध गरेको छ।