एक साथ ३ सय धेरै कलाकारको नेपाल आर्केस्ट्रा सम्पन्न

काठमाडौं महानगरपालिका र ज्यापु महागुथि नेपाः को सहकार्यमा विभिन्न जातजाती तथा भाषिक समुदायको आर्केस्ट्रा शो शनिबार सम्पन्न भएको छ । स्थानीय विभिन्न लोकबाजाहरुको प्रदर्शन गर्ने उद्देश्यले ज्यापु महागुथि नेपाःले ‘नेपाल आर्केस्ट्रा ११४३’ कार्यक्रमको आयोजना गरेको थियो।

नेपालको सांगितिक क्षेत्रमा यो संख्याको कलाकारहरुबाट एकै पटक एकै डबलीबाट प्रस्तुति दिन लागेको यो पहिलो पटक भएको महागुथिले दाबी गरेको छ । करिव ४० थरिका लोकबाजाबाट १२ थरिका विभिन्न तालहरु समावेश गरेर नेपाल अर्केष्ट्रा प्रस्तुत गरिएको थियो ।

आज अन्तर्राष्ट्रिय संगीत दिवसको अवसरमा काठमाडौंको खुल्लामञ्चमा भएको कार्यक्रममा मुख्य अतिथिको रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित हुनुभएको थियो भने काठमाडौं महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोल तथा बागमती प्रदेशका सांसदलगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।